डिप्रोक्स लघुवित्त कर्जा उठाउन आक्रमक बन्दै, निकाल्यो यस्तो सूचना

अर्थकागज
प्रकाशित: १० भदौ २०८०
Image description

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कर्जा उठाउन आक्रमक रुपमा मैदानमा उत्रिएको छ ।
ऋणिले साँवा र व्याज दुवै तोकिएको समय अवधिभित्र नतिरेपछि आक्रमक रुपमा कर्जा उठाउन बाध्य भएको हो ।
कर्जा रकमको साँवा र व्याजको रकम नियमित चुत्ता फछ्र्यौट गर्न पटक पटक मौखित तथा लिखित तरताकेता गर्दा पनि ऋणीले वेवास्ता गरेपछि संस्थाले ३५ दिने सूचना जारी गरेको छ ।
यति ३५ दिन भित्र ऋणीले लघुवित्तको सम्बन्धित शाखामा गई रकम नबुझाए ऋणी र जमानतकर्तालाई कालो सूचिमा राख्ने संस्थाले जनाएको छ ।
ऋणको साँवा र व्याज नतिरे बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी चल अचल सम्पत्ति बेच विखन गरी ऋण उठाउन संस्थाले बताएको छ ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर