डिप्रोक्स लघुवित्त कर्जा उठाउन आक्रमक बन्दै, निकाल्यो यस्तो सूचना

प्रकाशित:
११ भदौ २०८०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कर्जा उठाउन आक्रमक रुपमा मैदानमा उत्रिएको छ ।
ऋणिले साँवा र व्याज दुवै तोकिएको समय अवधिभित्र नतिरेपछि आक्रमक रुपमा कर्जा उठाउन बाध्य भएको हो ।
कर्जा रकमको साँवा र व्याजको रकम नियमित चुत्ता फछ्र्यौट गर्न पटक पटक मौखित तथा लिखित तरताकेता गर्दा पनि ऋणीले वेवास्ता गरेपछि संस्थाले ३५ दिने सूचना जारी गरेको छ ।
यति ३५ दिन भित्र ऋणीले लघुवित्तको सम्बन्धित शाखामा गई रकम नबुझाए ऋणी र जमानतकर्तालाई कालो सूचिमा राख्ने संस्थाले जनाएको छ ।
ऋणको साँवा र व्याज नतिरे बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी चल अचल सम्पत्ति बेच विखन गरी ऋण उठाउन संस्थाले बताएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares