विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने श्रीकेश हेयर ओयलको दाबी

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रिजले नेपाली युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी नेपालबाटै उत्पादन गरिएको श्री केश हेयर ओयलबाट विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने बताएको छ ।

सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूको सम्बन्धमा प्रष्टिकरण गर्न आयोजित पत्रकार सम्मेलनमा कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम बुढाथोकीले तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको दाबी गरे । जसको बारेमा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको उनको भनाई थियो ।

पछिल्लो समयमा विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा यस सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा प्रश्न उठाएपनि कम्पनीले सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति तथा ट्रेडमार्क प्राप्त कम्पनी रहेको बताए ।

गुणस्तरिय उत्पादन भएका कारणले नै कम्पनीलाई विश्वास गरी छोटो समयमै सम्पूर्ण नेपाली जनता तथा उपभोक्ताहरुमाफ विश्वबजारसम्म चिनाउन सफल भएको उनले बताए । नेपालको जडीबुटीलाई विश्वमा चिनाई नेपालको नाम उच्च राख्ने कार्य विगतदेखि गर्दै आएको बताउँदै उनले नेपाली कृषकहरुलाई आत्मनिर्भर बनाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने उदेश्य रहेको उल्लेख गरे ।

सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भए कम्पनीले छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने योजनामा कम्पनी रहेको उनको भनाई छ । साथै सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुने आशा कम्पनीले लिएका उनले बताए ।

जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ । सो अवसरमा कम्पनीले जडीबुटी सङ्कलक किसान, जडीबुटी बिक्रेता उद्योगमा काम गर्ने कर्मचारी, बिक्री वितरणमा काम गर्ने कर्मचारी गरी १०० जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा रोजगारी दिएको बताएको छ ।

चालु आर्थिक वर्षको बजेटमा जडीबुटीको क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी निकाय, कृषक, सहकारी, निजी क्षेत्रहरुसँग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिने, उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन, निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम समावेश गरेकोमा कम्पनीले स्वागत समेत गरेको छ ।

प्रतिक्रियाहरू

Buddha raj chaulagai

11 months ago

Ati sundar karya sarkarko dhiyan jawas maulik utpandan ma

Buddha raj chaulagai

11 months ago

Ati sundar karya sarkarko dhiyan jawas maulik utpandan ma

Buddha raj chaulagai

11 months ago

Ati sundar karya sarkarko dhiyan jawas maulik utpandan ma

सम्बन्धित खबर