छुट्ला है, नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज १८ गते, बिहीबार बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज बुधबारसम्म कायम हुने सेयरधनीहरुले मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

असोज २६ गते रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा हुने संस्थाको सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर सहित १७.९३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर