सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, पर्ने संभावना कति ?

अर्थकागज
प्रकाशित: ०७ साउन २०८१
Image description

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले साउन ८ गते अर्थात आज बैंकिङ समयसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार बेलुकासम्म १२ लाख ८८ हजार १८१ जना आवेदकबाट १ करोड ८९ लाख ३१ हजार ९ सयर कित्ता सेयरको लागि आवेदन परेको छ ।


प्रतिक्रियाहरू

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dipendra yadav

1 year ago

Fom

Dinesh pokhrel

1 year ago

No thing

सम्बन्धित खबर