नबिल बैंकको साधारणसभा आज, लाभांशको प्रस्ताव पारित हुने

प्रकाशित:
२७ मंसिर २०८१

काठमाडौं । नबिल बैंक लिमिटेडका बैंकको ४० औँ वार्षिक साधारण सभा आज मंसिर २७ गते, बिहीबार, राष्टिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले संचालक समितीले प्रस्ताव गरेको गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत(कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंशिर १० गते, सोमबार, बुकक्लोज गरिसकेको छ त्यसैले मंशिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares