नयाँ स्टक एक्स्चेन्ज तत्काल आउनुपर्छ- रोहन कार्कीको विचार
पुँजीबाजरको बिकास र बिस्तारको काम अब कुनै माफियाको बार्गेनिङ्ग र झगडाले रोकिनु हुन्न ।
पाउने र नपाउने बिचको लडाईमा किन तमाशा मित्रहरु ? हामी लगानिकर्तालाई त जसले पाए नी केही मतलब भएन तर खुल्ला प्रतिस्पर्धाबाट आउने अन्तर्राष्ट्रीय स्तरको नयाँ स्टक एक्स्चेन्ज त चाहियो चाहियो ।
बिरोध गर्ने साथिहरुको लजिक पुँजिबजार अन्तर्राष्ट्रीय स्तरमा बिकास र बिस्तारको निम्ति नयाँ स्टक एक्स्चेन्ज चाहिन्छ । यसमा असहमत हैन रे तर त्यो फलनाले दिनु हुन्न रे । उहाँहरुले भनेको मान्छेले भनेकै समुहलाई दिनु पर्छ रे । अनि मात्र समर्थन गर्ने रे । उहाँहरुले भनेको कम्पनीले नपाए नियतमा शंका हुन्छ रे उहाहरुलाई ।
ए हजुर यहाँ नयाँ स्टक एक्स्चेन्ज दिनु हुन्छ या हुँदैन भन्ने बिबाद नै हैन रहेछ नि । यहाँ सबै ९९% लाई नयाँ एक्स्चेन्ज चाहिएको छ । मात्र आफुले भनेको व्यापारी र समुहले पाउँछ कि पाउँदैन भन्ने चिन्ताको अभिव्यक्ति मात्र देखिन्छ सबैमा । खुला प्रतिस्पर्धाबाट आएपछि जो जसले पायोस वा नपायोस हामीले सरोकार राख्न जरुरी छैन । किनकी हामी लगानिकर्ताको निम्ति जुन समुहले पाएपनि कुनै फरक पर्दैन । मात्र हामीलाई अन्तर्राष्ट्रीय स्तरको प्रतिस्पर्धी गर्ने नयाँ एक्स्चेन्ज चाहियो ।
बिरोधी मित्रहरुको दुधले धोएको एक पैसा नखाने मान्छे स्वर्गलोक, मृत्यलोक, पृथिबिलोक काँहा हुनुहुन्छ ? जसले आएर दिदा तपाईहरुलाई चित्त बुझ्ने हा े? भ्रष्टचार गरेको या गैरकानुनी गलत भएको हो भने प्रमाण सहित कार्बाहीको दायरा ल्याउन के ले रोक्छ ? तर, काम नै अबरुद्द गर्न पाइन्न । राजनीति नगरा,ै फलना मन्त्रीको पालामा भएको गलत हामीले हाम्राले त्यही गरेको भए सहि भने जस्तो ।
हामीलाई काम गर्ने मान्छे मन पर्दैन, यदि कसैले आट गरेर काम गर्यो भने हरेकले चौतर्फी घेराबन्दिको सामना गर्नु पर्ने हुन्छ । हाम्रो देशमा कसैले काम गर्यो कि, खाएरै गर्यो जस्तो लाग्छ । किनकी त्यो आरोप लगाउनेलाई आफ्नै अनुभव सुनाउन मन हुन्छ । किनकी नखाई यहाँ काम हुन्न र उ आरोप लगाउनेहरु नै भए नि नखाइ गर्दैन थिए । यो देशमा काम नगर्ने, चाप्लुसी गर्ने र अलिकती काम गर्ने साथ माफिया र ब्यापारिको स्वार्थ केन्द्रीत हुने अनि टन्नै पैसा खाने हामीलाई मन पर्छ । फेरि भन्छौ यो देश कहिले बन्दैन ।
Shares