गुँरास लघुवित्तको नाफामा उछाल
काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०२८.७४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि बढेको छ । त्यसैगरी, गत बर्षको यसै अवधिमा सञ्चालन मुनाफा १३ लाख रुपैया भन्दा बढि ऋणात्मक रहेको समिक्षा अवधिमा यस्तो मुनाफामा बृद्धि भएर ७९ लाख रुपैयाँ आम्दानी भएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।
पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप १०.९५ प्रतिशतले घटेको छ भने र कर्जा लगानी १६.८३ प्रतिशत बढेको छ । १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड रुपैयाँ छ ।
Shares