कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

प्रकाशित:
०५ वैशाख २०८१

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares