सुनको भाउ हालसम्मै कै उच्च, तोलामै १२ सयको वृद्धि

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८२
Image description

काठमाडौं । आज सोमबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । आइतबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ सयले बढेर प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर