असार ९ गतेदखि दरमखोला हाइड्रोको आईपीओ बिक्री खुला, कसले कति आवेदन दिने ?

अर्थकागज
प्रकाशित: ३२ जेठ २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले गुल्मी र बाग्लुङ आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले गुल्मी जिल्लाका मुसिकोट नगरपालिका, तथा बाग्लुङजिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउपालिकाका स्थानीयलाई १० लाख ३० हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा असार २३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा असार २३ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गर्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर