सामाजिक सुरक्षा कोषले एचआइडिसिएल मार्फत जलविद्युत् क्षेत्रमा लगानी गर्ने


काठमाडौं । सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
यस प्रकारको सम्झौतासँगै अर्बौं रुपियाँ लगानीयोग्य रकम रहेको कोषले जलविद्युत् क्षेत्रलगायतका ठुला आयोजनामा लगानी गर्ने बाटो खुुलेको छ । निजी क्षेत्रबाट कोषको ठुलो रकम विकास आयोजनामा खर्च गर्नुुपर्ने भन्ने कुरा उठिरहेका बेलामा कोष र एचआइडिसिएलबिच सम्झौता भएको छ ।
कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले कोष र एचआइडिसिएलबिच भएको सम्झौतामा उक्त कम्पनीले आयोजनासहित प्रस्ताव पेस गर्ने र उक्त आयोजना ठिक लागेमा कोषको पैसा लगानी सकिने बाटो खुुलेको बताउनुुभयो ।
सम्झौतामा दुवै पक्ष आआफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रही जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्नेलगायतका विषय उल्लेख गरिएको छ । त्यसो त कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । सामाजिक सुरक्षा ऐनले तोकेको क्षेत्राधिकार सुरक्षित एवं दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्न सक्ने छ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
Shares