थपियो नेपाल लाइफ क्यापिटलको हकप्रद सेयर किन्ने अवधि

अर्थकागज
प्रकाशित: २२ साउन २०८१
Image description

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद बिक्रीको म्याद थप गरेको छ । चार लाख ३ सय ८९ कित्ता अवितरित हकप्रद शेयरलाई आवेदन दिने म्याद थपिएको हो ।

यस अघि साउन २२ मा बन्द गर्ने भनिए पनि क्यापिटलले हाल म्याद थपेको हो भने गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला भएको थियो। आगामी दिनमा समेत आगामी भदौ २५ गते कार्यालय समयसम्म हकप्रद शेयर किन्न सकिने भएको छ । फेस भ्यालु सय रुपैयाँमा बेच्न राखिएको सो शेयर ग्लोबल आइएमई बैंकको कमलादी शाखा वा आइसिएफसि फाइनान्सको नक्साल शाखाका बैंक खाता अनुसार किन्न सकिने छ ।

त्यसको साथै शुल्क बुझाएपछि कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर