भारतिय सेयरबजारमा उछाल, सेन्सेक्स र निफ्टी सर्वाधिक उच्च विन्दुमा

प्रकाशित:
११ जेठ २०८१

बिहीबार भारतीय सेयर बजारमा उछाल आएको छ । बिहीबार सेन्सेक्स ११९६.९८ अंकले बढेर ७५४१८.०४ विन्दुमा पुगेको छ ।
त्यस्तैगरी, बिहीबार निफ्टी ३५४.६६ अंकले बढेर २२९६७.६५ विन्दुमा पुग्दा सेन्सेक्स र निफ्टी दुवै अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन्। आज सेन्सेक्स ७५४९९.९१ को सर्वाधिक उचाइमा पुग्दा निफ्टी पहिलो पटक २२९९३.६० विन्दुमा पुगेको हो।
बिहीबारको कारोबारमा एनएसई निफ्टीले आफ्नो नयाँ सर्वाधिक उचाइमा पुग्दै पहिलो पटक २२९०० को बिन्दु पार गरेको छ। अर्कोतर्फ, सेन्सेक्स पनि वृद्धि आएपछि पुनः एक पटक ७५००० को बिन्दु पार गरेको छ। बिहीबारको कारोबार सत्रपछि, दुवै बेन्चमार्क सूचक सेन्सेक्स र निफ्टी १.५० प्रतिशत भन्दा बढीले वृद्धि भएर बन्द भए।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares