नीजि हाइड्रोपावर कम्पनीका संचालकहरु किन हकप्रद सेयर घोषणा गर्छन ?

अर्थकागज
प्रकाशित: २४ भदौ २०८०
Image description

पछिल्लो समय जलविद्युत कम्पनीहरुको हकप्रद सेयर जारी गर्ने लहरै चलेको छ । एक पछि अर्काे हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निश्कासनको तयारी छन्। हाइड्रोपावर कम्पनीहरुले ऋण तिर्न हकप्रद सेयर जारी गर्दै आइरहेका छन् । हाइड्रोपावर कम्पनीले प्रद सेयर जारी गर्नुको राज सेयर काका केशव कोइलाले खुलाएका छन् । कोइरालाको अनुसार यि कारणले हाइड्रोपावर कम्पनीले हकप्रद घोषणा गर्ने गरेका छन् ।

-लकिङ पिरियड खुले पश्चात् मुख्य सस्थापकहरुको सेयर महगो मुल्यमा बिक्री गर्न।तर आजभोलि हकप्रद घोषणा पश्चात् मूल्य घट्न थालेको छ।

-अधिकांश मुख्य सस्थापकहरुले आयोजना निर्माण कै क्रममा आर्थिक हिनामिना मार्फत अकुत कमाइ सकेका हुन्छन। तसर्थ त्यस्ता कम्पनीहरुको लागत उच्च हुन्छ।ती कम्पनी हरु या त जहिल्यै घाटामा हुन्छन,अथवा नाम मात्रैको नाफा कमाउछन।

-जहिल्यै घाटामा जाने कम्पनीहरुले बैंक ऋणको सावाँ ब्याज तिर्न सक्दैनन् ।जसको कारण कम्पनी सहित मुख्य संचालकहरु पनि बैंकको कालो सुचिमा पर्न सक्छन।त्यसबाट बच्न उनिहरुले हकप्रद मार्फत पैसा उठाएर ऋण तिर्छन र ढुक्कसँग बस्छन।

-नाम मात्रै को नाफा कमाउने कम्पनीका मुख्य संचालकले पनि लकिङ पिरियड खुले पश्चात् आफ्नो सबै जसो सेयर दोस्रो बजारमा बिक्री गर्छन। सानो होल्डिङ लिएर कम्पनी चलाउदा खासै कमाउन सक्दैनन् ।त्यसपछि अर्को नयाँ प्रोजेक्ट खोल्ने नाममा हामीलाई हकप्रद भिडाउछन।त्यो हकप्रद को पैसाले फेरि अर्को हाइड्रोपावर बनाउदा फेरि अकुत कमाउछन।

भएन त हामी लगानीकर्ताहरुको पैसा उठाएर चलाउने मुख्य संचालकहरुको गोरखधन्धा ?  जुनसुकै उदेश्यले हकप्रद जारी भएपनि ठगिने आम सेयरधनी नै हुन। सेयरको आपूर्ति बढेर मूल्य ह्वात्तै घट्छ।

त्यसैले हकप्रद घोषणा गर्ने मुख्य संचालकहरुलाइ बिशेष साधारणसभामा गएर कारबाही गरौ, हकप्रद रोकौ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर