हाथवे इन्भेष्टमेण्ट नेपालको संचालकमा चर्चित लगानीकर्तादेखि ठूला व्यावसायीसम्म, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १५ कात्तिक २०८१
Image description

काठमाडौं । दोस्रो बजारमा हट केक रुपमा रहेको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको संचालकमा सेयर बजारका चर्चित लगानीकर्तादेखि ठूला व्यावसायीहरुको उपस्थिति रहेको छ । सेयर बजारका चर्चित लगानीकर्ता केशव कोइराला यस कम्पनीमा सर्वसाधारण तर्फबाट संचालक समितिमा रहेका छन् ।

कम्पनीको सवै भन्दा सेयर स्वामित्व कम्पनीका संचालक जयराम नेपालको रहेको छ । नेपालको ६३ लाख २४ हजार ९३५ कित्ता सेयर रहेको छ । नेपाल एस आर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधित्व रहेका छन् । त्यसै गरी कम्पनीका अध्यक्षको अध्यक्ष योगेश्वर शर्मा ढकालको २ लाख ३५ हजार ८५५ कित्ता रहेको छ । त्यसै गरी संचालक कुमार पौडेलको ५ लाख १७ हजार ९२५ कित्ता, डा. अम्बिका शर्मा लामिछाने ४ लाख ७१ ह्जार ७०७ कित्ता, शिव सिंह कार्कीको १ हजार १७७ कित्ता र केशव कोइरालाको १ हजार १ सय कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीले कार्तिक २५ गते १६ औं बार्षिक साधारणसभा आम्रपाली ब्याङ्केट, काठमाडौंमा गर्दैछ । कम्पनीले गत आर्थिको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर