२५४ प्रतिशतले बढ्यो एशियन लाईफ इन्स्योरेन्सको नाफा, ईपिएस २९.२० रुपैयाँ
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीले ६९ करोड ११ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५४.९२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५ अर्ब ६१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै कुल आम्दानी बढेर समीक्षा अवधिमा ८ अर्ब ६० करोड रुपैयाँ पुगेकोछ ।
३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ९२ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १९ पैसा छ
Shares