सेयर बजारमा फर्कियो रौनक : बजार १०८. ३५ अंकले बढ्दा १७ अर्बमाथिको कारोबार
प्रकाशित:
२२ साउन २०८१
काठमाडौं । मंगलबार घटेको बजार आज अर्थात बुधबार एकाएक फर्किएको छ । बजार आज १०८. ३५ अंकले बढेको छ । बुधबार २३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको २.३२ प्रतिशत, विकास बैंक समूहको ४.५१ प्रतिशत, फाइनानस समूहको ७.६३ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.१३ प्रतिशत, हाइड्रोपावर समूहको ५.७२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.८९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares