असोजका लागि घट्यो एसबीआई बैंकको ब्याजदर
प्रकाशित:
३० भदौ २०८१
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले असोज महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ४.३५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares