उपनिर्वाचनको परिमाण हाम्रो मिसन ८४ को सफलताको सुरुआत होः ओली

अर्थकागज
प्रकाशित: २५ वैशाख २०८१
Image description

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीका बिचमा एकताको आवश्यकता औल्याएको छन् । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे ।

“आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उनले भने । उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उनले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए ।

अध्यक्ष ओलीले एमालेको वैचारिकरुपमा स्पष्टता, साङ्गठनिकरुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उनले भने । अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन २०८४ को सफलताको सुरुआत रहेको बताउए ।

“हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन ८४ तर्फको सफलताको सुरुआत हो । मिसन ८४ लाई हामी सफल पारेर छाड्छौँ । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उनले भने । उनले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताए । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर