माण्डु हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा

प्रकाशित:
२१ भदौ २०८१

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
भदौ २० गते बेलुका ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४ सय ४० रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज १४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares