आँखुखोलाको १७ लाख कित्ता सेयर असोज ११ गतेदेखि लिलामीमा आँउदै, सबैले आवेदन दिन पाईने


काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नबिकेको हकप्रद असोज ११ गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले निष्कासन गरेको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन नपरेको १७ लाख ५० हजार २ सय ४८ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताहरुले असोज २० गते कार्यलय समय भित्रमा आवेदन दिई सक्नुपर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकनबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर नक्साल, काठमाडौं तथा नबिल बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड , विरगञ्ज, हेटौडा, जावलाखेल, लेकसाइट पोखरा, नेपालगञ्ज, बराहताल (सुर्खेत) र धनगढीबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।
प्रतिक्रियाहरू
Birkha.bahadur.lama
6 months ago
Bankmai January's ho hajur
Shares