जोशी हाइड्रोले साउन १५ देखि हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २८ असार २०८२
Image description

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

सेयर निष्काशनको लागि लक्ष्मी सनराईज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर