टाइम फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: १९ चैत २०८१
Image description

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वैशाख ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा साढे १२ बजेदेखि शुरू हुनेछ।

सभाले बुक बिल्डिङ्ग विधिबाट साधारण शेयर निष्कासन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। त्यस्तै जारी पूँजीलाई ४२ करोड ९१ लाखबाट ४६ करोड बनाउने, जारी पूँजीमध्ये ७९.३४७८ प्रतिशत संस्थापक समूह ‘क’ लाई र २०.६५२१ प्रतिशत सर्वसाधारण शेयरधनी ‘ख’ लाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै १ महिला सहित ५ जना संस्थापक, १ सर्वसाधारण र १ स्वतन्त्र गरी ७ जनाको सञ्चालक समिति बनाउने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।


प्रतिक्रियाहरू

Susmita Bhandari

1 year ago

IPO

सम्बन्धित खबर