उदयपुर प्रहरी लागु औषध विरुद्ध एमडिआई अभियानमा

अर्थकागज
प्रकाशित: २४ असोज २०८०
Image description

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बढ्दो लागु औषध प्रयोग र ओसार पसारका विरुद्धमा यसको नियन्त्रण गर्नकालागि मिसन ड्रग इन्टरसिप्ट (एमआइडि) अभियान संचालन शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उदयपुरमा लागु औषधको प्रयोग र कारोबार दैनिक जसो बढिरहेकोले निष्यन्त्रणकालागि, कानूनी कार्वाही, सुधार र पुनः सामाजिकीकरण अभियान संचालन गर्ने बारे जानकारी गराइएको थियो ।

गत भाद्र २५ गतेदेखि असोज २३ गतेसम्मको करीब एक महिनाको समयमा १५ थान लमगु औषधको मुद्दा दर्ता भएको २७ पुरुष र एक महिला सहित २८ जना प्रतिबन्धित लागु औषध सहित पक्राउ गरिएको जानकारी दिदै सो पत्रकार सम्मेलनमा एक जना भारतीय नागरिक समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए ।

उदयपुर प्रहरी प्रमुख थापाले लागु औषध नियन्त्रणकालागि चुनौती थपिएको र अबका दिनमा अभियान संचालन गरेर निर्मम रुपले लागु औषध नियन्त्रणकालागि समय खर्चिने र औषधी पसलमा लागु औषध बिक्री वितरण गर्ने, सेवन गर्ने, आर्थिक लाभकालागि कारोबार गर्ने वा अन्य कुनै पनि प्रकारले लागु औषधको व्यापार गर्नेलाई कार्वाही गर्ने बताए । केही दिन अघि उदयपुरको चौदण्डीगढी नगरपालिका ७ का औषधी व्यापारी वीरैन्द्र झाले प्रतिबन्धित लागु औषध पसलमा बिक्री वितरण गरेकोले आवश्यक कार्वाही गरेको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

हालसम्म जम्मा ३५ जना लागु औषध कारोबारमा संलग्नलाई मुद्दा दर्ता गरी हिरासतमा राखिएको र जिल्ला प्रहरी कार्यालयमा २२ जना कटारी इलाका प्रहरी कायाृलयमा ४ जना बेल्टार इलाका प्रहरी कार्यालयमा ७ जना र रामपुर इलाका प्रहरी कार्यालयमा १ जना हिरासतमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

उदयपुरमा लागु औषधको कारोबार बढ्नुमा भारतीय सीमा क्षेत्रका भारतीय नागरिकले ल्याउने र नेपालको भूमिमा बिक्री गर्नकालागि सिराहाको लाहानमा सम्पर्क स्थल रहेकोले सजिलो भएको बताइएको छ । लाहान बजारबाट लागु औषधका कारोवारीले भरिया मार्फत उदयपुर, सिराहा सप्तरी लगायतका जिल्लामा बिक्री वितरण गर्ने गरेको हुँदा प्रहरीले नाका क्षेत्रमा निगरामनी बढाएका कारण कारोबारीहरु पक्राउ पर्ने क्रम बढेको जानकारी सो पत्रकार सम्मेलनमा दिइएको थियो ।

खासगरी १८ देखि ३० वर्ष उमेरका युवाहरु लागु औषध सेवन र ओसारपसारमा लागेको जानकारी दिंदै प्रहरी प्रमुख थापाले चालु आर्थिक वर्षको साउनदेखि असोज २३ गतेसम्ममा २३ थान लागु औषधका मुद्दा दर्ता भएको र ४० पुरुष र २ महिला गरी ४२ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सो अवधिमा ३७० एम्पुल,२६७ ट्यावलेट,५७ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित मानिस पक्राय गरिएको बताए ।

आर्थिक वर्ष २०७९ । ८० मा लागु औषधका ६३ मुद्दा दर्ता भएकोमा १ हजार ८ सय ४ एम्पुल, ९ बोतल, ११४९ ट्यावलेट १५ ग्राम ३२२ मिलिग्राम ब्र्राउन सुगर सहित ९४ जना पुरुष र १ महिला पक्राउ परेर मुद्दा चलिरहेको प्रहरी उपरिक्षक थापाले बताए ।

पक्राउ परेका मध्ये कोही विद्यार्थी,कोही कृषक, कोही ज्याला मजदुरी गर्ने, कोही बेराजगार, कोही सवारी चालक, सहचालक, व्यापारी समेत रहेको पाइएको र केही आर्थिक प्रलोभनमा परेर र कोही कमाउने हिसावले लागु औषध कारोबारमा संलग्न भएको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

उदयपुर प्रहरीले केही दिन अघि चौदण्डीगढी नपा ६ का पाँच जना लागु औषध दुव्र्यसनी पक्राउ गरी मलद्धारमा लुकाएर ल्याएको लागु औषध अस्पतालमा भिडियो एक्सरे गरेर पत्ता लागेपछि पाँचै जनाको शरीरबाट लागु औषध निकालिएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर