रिभर फल्स पावरको अवितरित हकप्रद सेयर आजबाट बिक्री खुला, कति र कहाँबाट आवेदन दिने ?
काठमाडौं । रिभर फल्स पावरको १० लाख ३८ हजार बढी कित्ता अवितरित हकप्रद सेयर आजबाट खुल्ने भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि निष्काशन गरी बाँडफाँट गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर आजबाट बिक्री गर्न लागेको हो ।
रु १०० प्रतिकित्ता न्यूनतम मूल्य तोकिएको सेयर संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
यसरी सेयर खरिद गर्न चाहनेहरूले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा नियामकले तोकिएको सीमासम्म सेयर खरिद गर्न पाउने छन् ।
इच्छुक व्यक्ति तथा संस्थाले यही मंसिर ३ गते बैंकिङ समयभित्र बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयसँगै प्रभु बैंकका शाखाहरु विराटनगर, पोखरा, वीरगन्ज, हेटौँडा, बुटवल, सुर्खेत र धनगढीमा आवेदन दिइसक्नुपर्ने बताइएको छ ।
प्रतिक्रियाहरू
कृष्णप्रसाद तिमिल्सिना
5 months ago
डिम्याटबाट अावेदन अनिवार्य गर्दा हुदैन त्याे गर्ने ब्यबस्थापन मिलाउनुपर्छ यस्मा प्रयास गराैं
Shares