राहत कोषमा शिखर इन्स्योरेन्सको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

अर्थकागज
प्रकाशित: २४ भदौ २०८३
Image description

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।कम्पनीको सञ्चालक समिति र उच्च ब्यवस्थापनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

मुलुक प्राकृतिक बिपत्तिमा परेका बेला राहत र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उदेश्यले कम्पनीले नगद रकम उपलब्ध गराएको सिईओ दिप प्रकाश पाण्डेले बताए । कम्पनीले भाेटेकाेशी बाढिकाे दावी भुक्तानी प्रक्रियालाई सरल र सहज बनाइरहेको पनि सिइओ पाण्डेले बताए ।

बीमा कम्पनीको बिस्वस्नियता नै छिटोछरितो दावी भुक्तानीमा निर्भर रहने हुनाले आफुहरुको ध्यान त्यसमै केन्द्रित रहेको पनि उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर