ग्लोबल ब्यूटी एकेडेमी 'आइएसएएस' काठमाडौँ सुरु हुँदै
काठमाडौँ ।अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा बिख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आइएसएएस)को शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु गर्ने भएकी छन् । करिब दुई दशक भन्दा लामो अनुभव भएकी साप्के 'सिडेस्को सेक्सन युएइ'की अध्यक्ष हुन् ।उनको नेतृत्वमा आइएसएएसले भारत, दुबई पछि नेपाल र श्रीलङ्का प्रवेशसँगै ११ आउटलेट बिस्तार गरेको छ भने अमेरिकामा शाखा खोल्ने तयारी अघि बढाएको छ । नेपालको उदीयमान सम्भावना, सृजनात्मक प्रतिभा र दक्ष जनशक्तिको बढ्दो मागप्रतिको विश्वासका कारण नेपाल आफ्नो रोजाईमा परेको साप्केले बताइन् ।
“हामी केवल स्कुल सुरु गर्दै छौँ भन्ने होइन,” साप्के भन्छिन्, “यहाँ जोशिला प्रतिभाले विश्वस्तरका तालिम, अन्तर्राष्ट्रिय प्रमाणपत्र र वास्तविक करियरको बाटो पहिल्याउन सक्नेछन् ।”गणतन्त्र दिवसकै दिनबाट सुरु हुने आइएसएएस नेपाल शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम रहनेछन् । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एल ए पी टी (लन्डन), के एच डी ए र डी एच ए (दुबई) तथा टी भी ई टी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
Shares