धितोपत्र बोर्डले अब छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री पौडेल

अर्थकागज
प्रकाशित: ०४ भदौ २०८१
Image description

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्डले अब छिटो भन्दा छिटो नेतृत्व पाउने बताएका छन् । आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् । बोर्डमा अध्यक्ष लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको उनको भनाइ छ । यो समस्या चाँडै समाधान हुने उनले बताए । ‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर