सेयर बजार त्रास र लोभको खेल हो-केशव कोइराला (सेयर काका)

अर्थकागज
प्रकाशित: १५ भदौ २०८०
Image description


काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता (सेयर काका) केशव कोइरालाले पुँजी बजार सबै  लगानीकर्ताले नबुझेको बताएका छन् ।
सेयर विश्लेषक कोइराला भन्छन् -'सवैले पुँजी बजार बुझेको छैनन्, बुझको भए त कसले माथि गएको बेला किन्छ र कसले तल गएको बेला बेच्छ ? माथि गएर एउटा समूह बेच्ने बेलमा किनिदिन्छ, एउटा समूहले फाइदा लिदिन्छ । तल आएको बेला माथि किनेको समूहले बेचिर भागिदिन्छ, माथि बेचेर बसेको समूहले किदिन्छ । यो नै हो पुँजी बजारको सुन्दरता हो । पुँजी बजार भनेको त्रास र लोभको खेल हो । माथि हुँदा लोभले बेच्न सक्दैन । तल हुँदा  डरले होल्ड गर्न वा किन्न सक्दैन । पुँजी बजार भनेको यही हो ।
पुँजी बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताले १० प्रतिशत पनि नबुझि बजारमा प्रवेश गरेका हुन्छन् । नयाँ लगानीकर्ताले ९० प्रतिशत हावामा लगानी गरेका हुन्छन् । नयाँ लगानीकर्ता जहिले पनि बजारको बुलको टुप्पोमा गएर किन्ने गर्छन् ।
यति खेर सेयर बजारमा लगानी गर्नु पर्ने बेला हो । अहिले सेयरबाजर तल छ । अहिले लगानी गर्ने लगानीकर्ताले घाटा खानु पर्दैन । तर नयाँ तथा पुरा लगानीकर्ताले अहिले सेयर बजारमा लगानी गर्न डराइरहेका छन् ।'

प्रतिक्रियाहरू

Yam Prasad Dhital

2 years ago

Right

सम्बन्धित खबर