लक्ष्मी सनराइज बैंकको २३ औं साधारण सभा सम्पन्न, संचालक समितिका अध्यक्षमा रमण नेपाल नियुक्त

अर्थकागज
प्रकाशित: २६ पुस २०८०
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुष २६ गते बिहीबार काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन साधारणसभा सम्पन्न भएको हो । 

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर