विजय लघुवित्तले एफपिओ निष्काशन गर्ने
काठमाण्डौ । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन(एफपिओ) जारी गर्ने भएको छ । संस्थाको असार ७ गते बसेको संचालक समिती बैठकले एफपिओ निष्काशनको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।
संस्थाको १५ औँ वार्षिक साधारणसभा असार ३० गते आईतबार बिहान ११ बजेदेखि धुलिखेल लज रिसोर्ट, धुलिखेलमा सुरु हुनेछ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नगर्ने भएको छ ।
सभालृे एफपिओ निष्काशनको प्रस्तावसहित अध्यक्षको वार्षिक प्रतिवेदन, लेखपरिक्षकको प्रतिवेदन, लेखापरिक्षको नियुक्तिको प्रस्तावमा छलफल गरी पारित गर्नेछ त्यस्तै सभाले संचालक समितीमा प्रतिनिधित्व गर्ने समूह क बाट ४ जना र समूह ख बाट २ जना गरी ६ जना संचालकको समेत चयन गर्नेछ ।
संस्थाले साधारणसभा प्रयोजनार्थ असार १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
Shares