एनआईसी एशियाको बैंक ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक ७ प्रतिशत ब्याजदर

अर्थकागज
प्रकाशित: २५ चैत २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१ ऋणपत्र’ (डिबेन्चर) मा आज चैत २५ गतेदेखि बिक्री खुला भएको छ । 

बैंकले ५ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १३ गते स्वीकृति पाएको थियो ।   कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइनेछ ।

१० वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन चैत २८ गतेसम्म दिनुपर्नेछ । २८ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद आगामी वैशाख ८ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

Dhananjaya pandye

1 week ago

25 Kitta ko laagi kati paisa aabasyak parxa?

सम्बन्धित खबर