सोल्टी होटल र भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०३ पुस २०८०
Image description

काठमाडौं । आज सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आजसम्म भएको सेयरधनीले मात्र उक्त कम्पनीहरुको लाभांश पाउने छन् ।

किन कि दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार पुस ५ गते अर्थात भोली बुक क्लोज गर्दैछ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

कसको कति लाभांश ?

सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७८% लाभांश वितरण गर्दैछ । यस कम्पनीले सेयरधनीलाई ५% बोनस सेयर र र २६.५७८% नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०.५२६३% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न भगवती हाइड्रोपावरले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर