बाढीका कारण यातायात अवरुद्ध
उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपाकिाको वडा नं ५, ९ र १० जोडने त्रियुगा नदीमा बनाइएको अस्थायी सडक र भाटेपुल गएराती आउको बाढीले भत्काए पछि चौदण्डीगढी नगरपालिका को केन्द्र बेल्टारबाट सुन्दरपुर, सिवाई, हडिया जाने सडक नै अवरुद्ध भएको छ ।
शनिबार रातीदेखि आइतबार बिहानसम्म परेको पानीका कारण त्रियुगा नदी, बडेरवा खहरे, सिवाई खोला र भेर खोलामा आएको बाढीले चौदण्डीगढी ५को सुन्दरपुरबाट सप्तरी जिल्लाको फत्तेपुर जाने सडक नै बगाएको छ भने पालिका सदरमुकाम बेल्टार बजारबाट सुन्दरपुर, सिवाई, हडिया गाउँसम्म पुग्न त्रियुगा नदी मै हेलिनु पर्ने बाध्यता भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष तुलसी भट्टराईले दिएको जानकारी अनुसार सुन्दरपुरबाट सप्तरीको फत्तेपुर बजार जाने सडक नै सिवाई खोला र भेर खोलाले बगाउँदा सडक नै अवरुद्ध भएको छ । उदयपुरको सदरमुकाम गाईघाट बजारदेखि फत्तेपुरसम्म चल्ने सवारी साधन बाढीले सडक बगाएपछि रोकिएको छ ।
सुन्दरपुर र सिवाई गाउँबाट पालिका केन्द्र बेल्टार बजार जान त्रियुगा नदीमा निर्माण गरिएको होम पाइप राखेर निर्माण गरिएको बाँध रातभरीको वर्षाले आएको बाढकिा कारण भत्काएको हुँदा अब केही दिनसम्म बाटो अवरुद्ध भएर मोटर साइकल, साइकल, जीप तथा अन्य ठूला सवारी साधन संचालन हुन नसक्ने अवस्था रहेको वडाध्यक्ष तुलसी ढकालले बताए ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका वडा नं ९ र १० जाने त्रियुगा नदीमा बनाइएको होम पाइप राखेर बनाइएको बाँध र बाटो राती आएको बाढीले भत्काएर क्षतिगूस्त बनाएको १० नं वडाध्यक्ष धर्मेन्द्र्र कुमार खड्काले बताए ।
चौदण्डीगढी ९ नं वडाको ज्यामिरे गाउँमा बनाइएको भाटेपुल र होम पाइप राखेर बनाइएको बाँध बाढीले बगाएपछि अहिले स्थानीइ जनता नदीमा हेलेर खोला तर्न बाध्य भएको जानकारी दिंदै १० वडाध्यक्ष खड्काले वर्ष लागेपछि यहस क्षेत्रका जनताले नदीमा पुल नहुँदा सास्ती व्यहोर्नु परेको बताए ।
वडाध्यक्ष खड्काले ५ वडाको सिवार्यमा र ९ नं वडाको हडिया गाउँ जाने अस्थायी संरचना बगाएपछि अब दुबै ठाउँको संरचना अस्थायी रुपमा निर्माण गर्न करिब १० लाख खर्च लाग्ने बताए ।
मौसम सुधार भएमा केही दिन भित्रमा आवत जावत गर्न अस्थायी संरचना निर्माण गर्ने जानकारी दिंदै वडाध्यक्ष खड्काले मौसम सुधार भएन भने वर्षाभरी कुनै काम गर्न नसकिने अवस्था रहेको बताए ।
Shares