इम्पेरियल सेक्युरिटिजले २५ प्रतिशत बोनश सेयर वितरण गर्ने
प्रकाशित:
२७ भदौ २०८१
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं ४५) ले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले २५ प्रतिशत बोनश सेयर र सो मा लाग्ने कर बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सो लाभांश पारितका लागि कम्पनीले १७ औँ वार्षिक साधारण सभा असोज १८ गते गर्ने भएको छ । सभा कम्पनीको मुख्य कार्यालय अनामनगर काठमाडौंमा अपरान्हको ३ बजे देखि सुरु हुने जनाइएको छ ।
साधारणसभाले लाभांश पारित गर्नुका साथै अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares