भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ भर्नु भयो ? आज अन्तिम मौका

प्रकाशित:
२० कात्तिक २०८०

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कम्पनीले कार्तिक १६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन कार्तिक २० गते अर्थात आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज बैकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निश्कासन गरेको छ । स्थानीयलाई सेयर निश्कासन गर्दा बिक्री नभएको ४लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निश्कासन भएको हो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares