सानिमा बैंकमा बैठक भत्ता र तलबमा संचालक र सिईओको लुटतन्त्र, यि शिर्षकको भत्ताहरु ह्वात्तै बढाउने तयारी
प्रकाशित:
०१ मंसिर २०८१
काठमाडौं । सानिमा बैंक लिमिटेडमा संचालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिईओ) को मिलोमतोमा तलव भत्ताको नाममा लुटतनत्र मच्चाएका छन् । संचालक र सिईओले गत आर्थिक वर्ष २०८०/८१ म तलव भत्ताको नाममा करोडौं रुकम गोजीमा हाले । बैंकको संचालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल, संचालकहरुमा गायत्री थापा, केशव प्रसाद आचार्य, रमेश कुमार पोखरेल, आशुतोष उपाध्याय र लक्ष्मी प्रसाद निरौला रहेका छन् । यता, बैंकको सिईओमा निश्चल राज पाण्डे रहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा संचालकहरुले बैठक भत्ता मात्रै ८७ लाख ३१ हजार रुपैयाँ बुझेका छन् । त्यसै गरी सिइओले तलव भत्ता गरी १ करोड १९ लाख ३६ हजार रुपैयाँ बुझेका छन् । यो त गत आर्थिक वर्षको संचालक र सिइओले बुझेका तलव भत्ता भए । यति तलव भत्ताले पनि नपुगेपछि संचालकले अझै बैठक भत्ता बढाउने भएको छ । सानिमा बैंकले संचालकहरुको भत्तामा ४५.८३३ प्रतिशत बढाउने तयारी गरिरहेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता १३ हजारबाट २४ हजार अर्थात ११ हजार रुपैयाँ बढी र अन्य संचालकहरुको १२ हजारबाट २२ हजार अर्थात १० हजार रुपैयाँ बढी बढाउने प्रस्ताव बैंकले साधरणसभामा लैजाने तयारी गरेको छ । त्यसै गरी बैंकले संचालकहरुको दैनिक भ्रमण भत्ता, खाना भत्ता, होटल बस्दाको भत्ता, फुटकर खर्च, भारत भ्रमण भत्ता, सार्क मुलुक (भारत बाहेक) भत्ता, भारत तथा सार्क मुलुक बाहेक अन्य मुलुकहरु (युरोप, अमेरीका तथा अन्य देश) भ्रमण गर्दा हुने खाना, बस्दाको भत्ता, यातायात लगायतको भत्ता बडाउने तयारी गरेको छ ।
कुन भत्ताको शिर्षकमा कति भत्ता बढाउँदै ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('');
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares