लगानीकर्ताको हात खाली नगर्ने कुमारी बैंकको विश्लेषण : लगानी गर्न कति सुरक्षित ?


काठमाडौं । सबैंका लागि, सधैँका लागि भन्ने नारासहित देशमा आधुनिक एवं प्रतिस्पर्धी बैकिङ्ग सेवा सुविधाहरु दिने उद्देश्य बोकेर जन्मिएको कुमारी बैंक लिमिटेडले वि.सं २०५७ साल चैत्र २१ गतेबाट आफ्नो आधिकारिक कार्य थालनी गरेको थियो । देशको १५ औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको बैंकको आजको मितिसम्ममा २६ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
वित्तीय अवस्था नियालौँ
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण हेरेर बैंकको वित्तीय अवस्थाको चर्चा गर्न सकिन्छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २४.१४% थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १५ दशमलव २४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड रुपैयाँ मात्र रहेको छ । चौथो त्रैमाससम्म बैंकले आफ्नो खुद ब्याज आम्दानी भने ७७ दशमलव ११ प्रतिशतले बढाएर ११ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । रिजर्भमा ११ अर्ब ३७ करोड रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ०८ पैसाले घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।
सेयर बजारमा कुमारी बैंक
सेयर बजारमा कुमारी बैंकको स्थानको चर्चा गर्नुपर्दा नेपाल स्टक एक्सचेञ्जमा बैंकको २६ करोड २२ लाख ५८ हजार ६ सय १३ कित्ता सेयर सूचिकृत छ । हिजो असोज १४ गते, आइतबारको कारोबार अनुसार नेप्सेमा यस बैंकको सेयरमूल्य एक सय ५९ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम २ सय ११ रूपैयाँ ६० पैसा र न्युनतम एक सय ५४ रूपैयाँमा कारोबार भएको छ ।
बैंकको पछिल्लो १८० दिनको औषत मूल्य एक सय ७१ रूपैयाँ ४६ पैसा रहेको छ । यस्तै, बैंकको पछिल्लो १२० दिनको औषत मूल्य एक सय ६५ रूपैयाँ ३ पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल थोरै घटेको छ ।
लाभांश वितरणमा कुमारी बैंकको स्थान
लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नमा कुमारी बैंकको निरन्तरता देखिन्छ । बैंकले कुनै पनि आर्थिक वर्षमा ग्याप नराखी निरन्तर रुपमा आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको तथ्याङ्कमा देखिन्छ । बैंकको विगत १२ वर्षको लाभांश इतिहास हेर्दा कुमारी बैंकमा लगानी गर्ने लगानीकर्ताहरुले औषतमा राम्रै मुनाफा हासिल गरेको देखिन्छ ।
कुमारी बैंकको १२ वर्षको लाभांश इतिहास नियाल्दा बैंकले धेरैमा ३४.७४ प्रतिशत र थोरैमा ७ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ३४.७४ प्रतिशत लाभांश (३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद) वितरण गरेको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष २०६८/६९ मा ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कुमारी बैंक लिमिटेडको १२ वर्षको लाभांश इतिहास हेर्नुस् :
१. आर्थिक वर्ष २०६७/६८ :
आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४४ प्रतिशत नगद गरि कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०६८/६९ :
आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।
३. आर्थिक वर्ष २०६९/७० :
आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
४. आर्थिक वर्ष २०७०/७१ :
आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ :
आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत बाेनस र ०.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७२/७३ :
आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १.१ प्रतिशत नगद गरि कूल २२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ :
आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७४/७५ :
आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८.५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
९. आर्थिक वर्ष २०७५/७६ :
आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
१०. आर्थिक वर्ष २०७६/७७ :
आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.८५ प्रतिशत बाेनस र ३.१५ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
११. आर्थिक वर्ष २०७७/७८ :
आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१२. आर्थिक वर्ष २०७८/७९ :
आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकको व्यवस्थापकिय पक्ष
कुनै पनि कम्पनी कस्तो हो, कस्तो छ र कस्तो थियो भन्ने कुराको गहिराई बुझ्न उक्त कम्पनीको व्यवस्थापकिय पक्ष केलाउनु जरुरी हुन्छ । व्यवस्थापकिय पक्ष अर्थात् कम्पनीको व्यवस्थापन । कम्पनीको हरेक राम्रा तथा नराम्रा अवस्थाहरूमा व्यवस्थापकिय पक्षको ठूलो भुमिका हुने गर्दछ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेश राज अर्याल रहेका छन् । बैंकको वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृतमा लोक रामचन्द्र खनाल रहेका छन् । त्यसैगरी, बैंकको अध्यक्षमा अमिर प्रताप जेबी राना रहेका छन् । बैंकको सञ्चालकहरूमा क्रमशः उपेन्द्र केशरी न्यौपाने, कृष्ण प्रसाद ज्ञवाली, चन्द्र प्रसाद बास्तोला, महेश प्रसाद पोखरेल र इमान सिंह लामा रहेका छन् ।
समग्रमा : बैंकमा लगानी कति सुरक्षित ?
समग्रमा कुमारी बैंक लिमिटेडलाई हेर्दा कुमारी बैंक लगानीकर्ताहरुको रोजाईमा पर्ने गरेको बैंकमध्ये एउटा वाणिज्य बैंक हो । औषतमा बैंकले सेयरधीहरूलाई निरन्तर रुपमा प्रतिफल दिएको हुनाले लगानीकर्ताहरूले बैंकलाई दिर्घकालिन लगानीका लागि रुचाएका छन् ।
हाल बैंकको पीई रेसियो २१.३१ गुणा रहेको छ । सामान्यतय २० भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ । कुमारी बैंकको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो पनि २१ रहेकाले बैंकमा दिर्घकालिन रुपमा लगानी गर्नुु सुरक्षित देखिन्छ । बैंकको सेयरमूल्य पनि अहिले निकै तल्लो विन्दुुमा रहेको छ । यसरी मूल्य सस्तिएको समयमा कुमारी बैंकको सेयर किन्दा भविष्यका लागि राम्रो देखिन्छ ।
हामीले लगानी गर्दा एउटा पक्षको आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । कुमारी बैंक लिमिटेडको विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ ।
प्रतिक्रियाहरू
Ashok Shrestha
1 year ago
5 Hajar kitta xa bones pauxa ki paudaina yo pali
Shares