अपर तामाकोशीको लिलामी नपरेको ११ अर्ब रुपैयाँ आजदेखि फिर्ता हुने


अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरको लिलामीमा नपरेको ११ अर्ब भन्दा बढि रकम आजबाट लगानीकर्ताको खातामा फर्काइने भएको छ । कम्पनीको लिलामी सेयरमा झन्डै १४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि क्रमश सेयर नपरेका आवेदकहरुको बैंक खातामा पैसा फिर्ता गरिनेछ । लिलामी सेयरको बाँडफाँडबाट सेयरको कटअफ मूल्य प्रतिकित्ता १४७ रुपैयाँ कायम भएको छ । यसअनुसार १४७ रुपैयाँभन्दा बढि मूल्यमा लिलामी आवेदन दिनेहरुले सेयर पाइका छन् भने त्यो भन्दा कम मूल्यमा आवेदन दिनेहरुले सेयर पाउने छैनन् ।
हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
प्रतिक्रियाहरू
Dinesh karki dholi
1 year ago
Mero ni share ko poisa khatama aauxata
Ram Prasad Sah
1 year ago
परेको शेयर कहिले demate मा आउँछ।
Nima sherpa
1 year ago
गरिब जनताको पैसा ढिलो फिर्ता गरेको गर्दा ब्याज सहित फिर्ता गर्नु पर्छ अपर तामाकोशीले
Rajan roka
1 year ago
Paisa xito return garanu paryo
Shares