१७ प्रतिशतले घट्यो सानिमा बैंकको नाफा

अर्थकागज
प्रकाशित: ०६ कात्तिक २०८१
Image description

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा गिरावट देखियको छ ।

असोज मसान्तसम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी पनि २०.८० प्रतिशतले घटेको छ। समिक्षा अबधी सम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता १७.७६ रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ११ रुपैयाँ ७७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५६.९६ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा बढेर १.३८ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.९२ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर