लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

अर्थकागज
प्रकाशित: १४ माघ २०८०
Image description

काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मूल्य थप गरि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौता पत्रमा लक्ष्मीटेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

लक्ष्मीटेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसि/पिभिसिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो उत्पादनमुलक उद्योग हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर