नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?
एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक योग्य आवेदकले असार १८ गतेसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ तोकेको छ, इच्छुक आवेदकले न्यूनतम मूल्य वा सो भन्दा बढि मूल्य राखी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले एनआईसी एशिया क्यापिटल, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यलयहरु मार्फत समेत आवेदन दिन सक्नेछन् ।
शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि १०० ले भाग जाने गरी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
Mohan Baram
1 year ago
खुसी लाग्यो
Sanjay yadav
1 year ago
I am interesting
Sanjay yadav
1 year ago
I am interesting
Shares