आजसम्म कायम सेयरधनीहरुले मात्र सोल्टी होटेलको बम्पर लाभांश पाउने
काठमाडौं । सोल्टी होटेल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंशिर १२ गते मंगलबार अन्तिम दिन रहेको छ ।
होटेलले लाभांश तथा साधारणसभा प्रयोजनार्थ मंशिर १३ गते बिहिबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले मंशिर १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरि २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरि कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो ।
होटेलको ५० औँ वार्षिक साधारणसभा पुस ४ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा बोलाएको हो। सो सभा बिहान ९ः३० बजे शुरु हुनेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares