श्री गुरूदेव कामतको गजल 'प्रेमको नशा' को रेकर्डिङ्ग सम्पन्न
लामो समयको अन्तरालपछि शास्त्रीय सङ्गीत गुरू श्री गुरूदेव कामतको आफ्नै संगीत तथा आवाजमा गजल रेकर्ड सम्पन्न भएको छ । अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा भाद्र १६ गते रेकर्ड भएको गजलमा गीतकार चन्द्रलाल तामाङको शब्द, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग रहेको छ ।
श्री गुरूदेव कामत शास्त्रीय संगीतको चर्चित गुरू मानिन्छ । हजारौंले उहाँबाट गीत संगीतको ज्ञान हासिल गरिसकेका छन्। नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक, गायिका, संगीतकार लगायत संगीत क्षेत्रमा संलग्न हजारौं उहाँको शिश्या छन् । गत सुक्रबार १५ भाद्र २०८० मा आफ्नै गुरूकुल संगीत पाठशाला डिल्लीबजारमा सयौं विद्यार्थीहरू र शुभचिन्तकमाझ ६८ औं जन्मदिन मनाएको संगीत गुरूको जादुमयी आवाजमा रेकर्ड भएको गजलको भिडियो चाँडै बजारमा आउने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ। संगीतकार श्री मित्र के।सी। को अवधारणा तथा संयोजनमा रेकर्डिङ्ग कार्य सम्पन्न भएको छ ।
Shares