एलआईसी लाइफका सिईओले बुझे तलव / भत्ता १ करोड ६० लाखमाथि, सेयरधनीलाई छैन लाभांश !


काठमाडौं । एलआईसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले आर्थिक वर्ष २०७८/ ७९ मा १ करोड ६० लाख २१ हजार ३९९ रुपैयाँ तलव भत्ता बुझेका छन् ।
कम्पनीको सिइओ लक्ष्मी प्रसाद दास रहेका छन् । दासले अहिले जारी छोडिसकेका छन् । अहिले कम्पनीको सिईओ प्रणय कुमार रहेका छन् । त्यसै गरी डेपुटी सिइओ टि बनवेलले १ करोड ४५ लाख ४२ हजार २४६ रुपैयाँ तलव भत्ता बुझेका छन् । उनले पनि जागिर छोडिसकेका छन् । त्यसै गरी संजीव कुमार अग्रवालले १ करोड ३२ लाख ८६ हजार ७६४ रुपैयाँ बुझेका छन् ।
संचालकले कति बुझे भत्ता ?
आर्थिक वर्ष २०७८/७९ वर्षमा संचालक समितिका अध्यक्ष एम आर कुमारले १ लाख २६ हजार, संचालक एम के गुप्ताले ३५ हजार, संचालक अशोक कुमार अग्रवालले १ लाख ५५ हजार रुपैयाँ, संचालक कुमार केशर बिष्टले १ लाख ५ हजार रुपैयाँ, प्रविन कुमार मोलरीले ८० हजार रुपैयाँ र संचालक बिसी पटनायकले ९० हजार रुपैयाँ तलव बुझेका छन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संचालक, सिइओ र अन्य पदाधिकारीलाई ४ करोड ४३ लाख ६ हजार ४०९ रुपैयाँ तलव भत्ता बुझाएको छ । हाल कर्मचारी र संंचालक फेरबदल भैसकेको छ । कम्पनीको २१ औ साधारणसभा मंसिर १८ गते सोमबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा हुँदैछ । सो आर्थिक वर्षमा कम्पनीले लगानीकर्तालाई लाभांश दिएको छैन ।
Shares