नेपाल धितोपत्र बोर्डको इतिहास मै मेरो कार्यकालमा उल्लेख्य काम भएको छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालमा ३० वर्षको अवधिमा हुनै नसकेको काम २१ महिनाको अवधिमा भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले भने-“३० वर्षको धितोपत्रको इतिहासमा पहिलोपटक हामीले भित्री कारोबार, पहिलोपटक मार्केट मेनुपुलेसन, एकैपटक ८८ सूचीकृत कम्पनीलाई कारबाही, पहिलोपटक मनी लाउन्डरिङमा कारबाही गर्यौं । अहिलेसम्म कुनै पनि गुनासो आएको छैन । फाइल पनि क्लोज भएको छैन । यो ३० वर्षको इतिहास हो । म आउनुभन्दा पहिले २९ वर्षको धितोपत्रको इतिहासमा १० वटा माइनर कारबाही भएका छन् । भनेको, एभरेजमा हरेक तीन वर्षमा एउटा कारबाही हुन्थे । त्यो पनि माइनर । अहिले म २१ म्हिनाको कार्यकालमा छु । ८८ वटा सूचीकृत कम्पनीबाहेक २० वटा माइनर कारबाही भएका छन् । एभरेजमा महिनाको एउटा कारबाही भएका छन् । एउटा दृढ संकल्प, आत्मविश्वास र प्रणलीले गर्दा सम्भव भएको हो ।”
पछिल्लो समय अहिलेका सेवोनको अध्यक्ष हमाले लगानीकर्ताको रोजाइमा परेका छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्याकाल आगामी पुस २० गते सकिँदैछ । उनले सोही पदमा कार्यकाल दोहोर्याउन पहल गरिरहेका छन् । पुँजी बजारको विकास र विस्तारको लागि सेवोनमा हमालको आवश्यकता रहेको लगानीकर्ताले बताउँदै आइरहेका छन् ।
Shares