नेत्रज्योति संघद्धारा ओमानमा रहेका नेपाली श्रमिकहरुको पहिलो पटक निःशुल्क आँखा परिक्षण
ओमानामा रहेका नेपाली कामदारहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । नेपाली राजदुतावास ओमान मस्कटको समन्वयमा जुन २७ तारिखमा नेपाल नेत्रज्योति संघद्धारा मस्कटमा रहेका नेपाली श्रमिकहरुको निःशुल्क आँखा परिक्षण गरिएको हो ।
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालकी चिफ मेडिकल डाईरेक्टर नेत्ररोग विशेषज्ञ डा.पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा श्रमिकहरुको आँखा परिक्षण गरिएको थियो । मस्कटस्थित बदर अल सामा अस्पताल, अल खुवेर अस्पतालमा आँखा परिक्षण गरिएको हो ।
विभिन्न कामको शिलशिलामा नेपालभन्दा बाहिर गएका नेपालीहरुलाई समेत आँखा उपचारमा सहयोग होस् भन्ने उद्देश्यले नेपाली राजदुतावाससंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो भने परिक्षणपछि नजिकको चश्मा आवश्यक देखिएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत वितरण गरिएको छ ।
विदेशमा रहेका नेपालीहरुलाई आँखा उपचार सेवा प्रवाह गर्ने संघको योजना अनुरुप ओमानमा आँखा परिक्षण कार्यक्रम संचालन गरिएको बताउनुहुन्छ संघका महासचिव भरतबहादुर चन्द र्। प्राय विदेशमा आखाँ उपचार सेवा महंगो हुन्छ जसका कारण हाम्रा नेपाली दाजुभाई दिदिबहिनीहरुलाई त्यहाँ उपचार गराउन कठिन हुन्छ त्यसैले अन्य देशहरुमा समेत नेपाली श्रमिकहरुलाई लक्षित गरेर आँखा परिक्षण कार्यक्रम संचालन गर्ने योजना बनाएका छौ’ महासचिव चन्दले भन्नुभयो ।
‘नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भन्नुभयो ‘अब हामीले बढि भन्दा बढि नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसंगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौ यस्ता कार्यक्रमहहरुले विश्वसमुदायमा नै नेपालको आँखा उपचार सेवाको प्रचारप्रसार र प्रवद्र्धन समेत हुनेछ ।’
ओमानस्थित नेपाली राजदुतका अनुसार अनलाइन मार्फत नाम दर्ता गराउनु भएका नेपालीहरुको आँखा परिक्षण गरिएको हो । यो कार्यक्रमको समिक्षा पछि आगामी दिनहरुमा ओमानका अन्य शहरहरुमा समेत नत्रज्योति संघसंगको सहकार्यमा आँखा परिक्षण कार्यक्रम संचालन गर्ने योजना रहको दुतावासले जनाएको छ ।
संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले विदेशमा नेपालीहरुलाई लक्षित गरि संचालन गरिने यस्ता कार्यक्रमहरुले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने संघको योजनामा थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार सन् २०२४ मात्र मात्र संघको नेटवर्क मार्फत भारत लगाएत अन्य छिमेकी मुलुकका करिब ९ लाख आँखाका बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १ लाख ६० हजार भन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया समेत गरिएको छ । र्
छिमेकी देशहरुबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरियताका कारण नागरिकहरु उपचारका लागि आइरहनुभएको छ त्यसरी हामिले अन्य देशका नागरिकहरुलाई पनि नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सकिन्छ’ कार्यकारी निर्देशक डा.मिश्रले भन्नुभयो ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
Shares