युनाइटेड अजोड इन्स्योरेन्सको सिईओ कमल गौतमको तलव/भत्ता ९० लाख १२ हजार
प्रकाशित:
२७ असार २०८२
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८० ८१ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता वापत ९० लाख १२ हजार ९१७ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिईओमा हाल कमल गौतम रहेका छन् । सिईओ श्रवण रावलको २०८१ साल कार्तिक ८ गते मृत्यु भएपछि कम्पनीको संचाल समितिको बैठकले कमल गौतमलाई सिईओमा नियुक्त गरेको थियो । यो आर्थिक वर्षको तलव भत्ता रकम सिईओ कमल गौतमले मात्र नभई स्वगिय रावललाई पनि भुक्तानी गरेको रकम हो ।
कम्पनीले सिईओलाई तलब तथा भत्ता बापत ४६ लाख ८० हजार रुपैयाँ, प्रचलित व्यवस्था अनुसारको सुविधा वापत ३५ लाख ८८ हजार रुपैयाँ, बीमा सम्बन्धी सुविधा वापत ५ लाख २५ हजार ८६२ रुपैयाँ, सिईओको बीमा शुल्क २० हजार ५५ रुपैयाँ र अन्य सुविधा १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares