भाट भटेनीका मालिक गुरुङलाई २ वर्ष कैद सजाय, तत्काल जेल भने जान नपर्ने
प्रकाशित:
०३ फागुन २०८०
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदको सजाय सुनाइएको छ । विहिबार विशेष अदालतले गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हो ।
ललिता निवास जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै गुरुङलाई सजाय सुनाइएको हो । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो । भाटभटेनी डेभलपमेन्ट प्रालि लगायतका नाममा पुगेको जग्गा जफत गर्न पनि अदालतले भनेको छ।
बिशेष अदालतले उनलाई दोषी ठहर गर्दै २ बर्षको कैद सजाय सुनाएता पनि उनले कारागार नगई बाहिरै बसी सर्वोच्व अदालतमा बिशेष अदालतको फैसालाका बिरुद्धमा पूनरावेदन गर्न पाउने जानकारह बताउछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares