सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता, एकल बंजी गर्दा १००० र जोडी बंजी गर्दा १५०० रुपैयाँ कर्पोरेट डिस्काउन्ट

प्रकाशित:
०४ वैशाख २०८१

काठमाडौं । काठमाडांै स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्राईभेट लिमिटेडबीच बैंकका ग्राहक महानुभावहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्षसन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चरमा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares